पर्साको बहुदरमाइ–४ मा एमालेबाट यादव विजयी

वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाको वडा नम्बर–४ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्।

वडा नम्बर–४ को अध्यक्षमा एमालेका उम्मेदवार सुरेन्द्र यादव विजयी हुनुभएको हो । उहाँ ९ सय ८६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएका हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक रौनियारले ८ सय ६० मत ल्याउनुभएको थियो।

यस्तै, तेस्रो स्थानमा रहेका रामरेखा सिंह राजपूतले ७ सय ८३ मत प्राप्त गर्नुभएको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा राजपूत स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी हुनुभएको थियो।

Back to top button