नेकपा एमालेले संसद अवरोध हटाउँदै फरक ढंगले आन्दोलन अघि बढाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध हटाउने निर्णय लिएको छ ।

नेकपा एमालेका सांसद प्रदीप कुमार ज्ञवालीले भदौ २३ गतेदेखि जारी संसदको अवरोध हटाएर नयाँ ढंगले विरोधका कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको तर्फबाट आफ्ना कुरा राख्दै ज्ञवालीले अब नयाँ ढंगले आन्दोलन अघि बढाउने बताउनुभएको हो ।

‘हामीले आन्दोलनका स्वरूपलाई फरक ढंगले अघि बढाउन चाहेका छौँ,’ उहाँले भन्नुभयो,‘देशको अर्थतन्त्र संकटमा परेको छ। तर सरकार गैरजिम्मेवार देखिएको छ। यस्तो अवस्थामा संसदमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भएकाले यो कदम चालेका हौँ।’

Back to top button