सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल ७ हजार १ सय २७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५ सय १३ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकास लामा ६ हजार १ सय ५२ र उपाध्यक्ष दयाकुमारी मिश्र ६ हजार ४ सय ६३ मत ल्याएर पराजय हुनुभएको छ ।

निर्वाचित नेपाल नेकपा एमालेका निर्वतमान अध्यक्ष हो भने लामा कांग्रेसका पूर्व जिल्ला सभापति हो । माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १ सय ३४ मत ल्याउनुभएको छ ।

Back to top button