कटहरीको अध्यक्षमा कांग्रेसका चौधरी र उपाध्यक्षमा एमालेकी राजवंशी विजयी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सितादेवी राजवंशी निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा कांग्रेसका चौधरीले ६ हजार ५ सय ६५ मत र उपाध्यक्षमा एमालेकी राजवंशीले ५ हजार ८ सय ४८ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

एमालेका उम्मेदवार शुभाषकुमार सरदारलाई ९ सय ८३ मतान्तरले पछि पार्दै चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष मन्जिताकुमारी सरदारलाई राजवंशीले १ सय ४३ मतान्तरले पराजित गर्नुभएको हो ।

७ वटा वडा रहेको कटहरीमा कांग्रेसले वडा नम्बर ३ र जनता समाजवादी पार्टीले वडा नम्बर ४ जितेका छन् । बाँकी वाडहरु एमालेले १, २, ५, ६ र ७ जितेको छ ।

Back to top button