लेटाङ नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी

विराटनगर । मोरङको लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गर्नुभएको हो ।

लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा ढकालले ८ हजार १ सय ५ मत प्राप्त गर्नुभयो । लेटाङ नगरपापलिकामा २०७४ को निर्वाचनमा प्रमुख कांगेस र उपप्रमुख एमालेले जितेको थियो ।

नगरपालिकाको उपप्रमुखमा कृष्णकुमारी निरौला निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि निर्वाचित हुनुभएको थियो । निरौलाले ९ हजार ४ सय ६० मत प्राप्त गरि माओवादी केन्द्रका कृष्णप्रसाद लम्साललाई पराजित गर्नुभएको हो । लम्सालले ४ हजार ९ सय ५ मत प्राप्त गर्नुभएको छ ।

९ वटा वार्ड रहेको लेटाङमा ३ वटा नेपाली कांग्रेसले जितेको छ भने ६ वटा वार्ड एमालेले जितेको छ । एमालेले १,२,३,४,५र ७ नम्बर वडा जित्दा कांग्रेसले ६,८ र ९ नम्बर वडा जितेको छ ।

Back to top button