बूढानीलकण्ठ नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार धिताल विजयी

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं–३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी हुनुभएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित हुनुभएका धितालले यसपटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो।

धितालले ५ सय १२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र खड्काले ४ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

२०७४ सालमा नेकपा एमालेले चार सदस्य जित्दा पनि नेपाली कांग्रेसको प्रतिष्ठा जोगाउँदै सदस्य पदमा विजयी बनेर निकै सक्रिय जनप्रतिनिधिको पहिचान बनाउनुभएका धितालले पार्टीले अन्याय गरे पनि वडावासीले आफूलाई न्याय गरेको प्रतिक्रिया दिनुभयो।

Back to top button