काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बोलन शाहले अग्रता कायमै राख्नुभएको छ ।

बालेनले ‍१६ हजार ५ सय ७९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ५ सय ७३ मत ल्याउनुभएको छ ।दुवैबीच ८ हजार ६ मतान्तर रहेको छ।

यस्तै, सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ७ सय ८ मत ल्याउनुभएको छ। उहाँ र स्थापितबीच ८ सय ६५ मत अन्तर रहेको छ । यसैगरी, बालेन र सिर्जनाबीच ८ हजार ८ सय ७१ मत अन्तर रहेको छ।

महानगरपालिकामा हालसम्म ४२ हजार २ सय ६९ मत गणना भइसकेको छ। जसमा १,२,३,४,५,६, ७, २८, २९, ३०, ३१ र ३२ वडामा गणना भइरहेको छ।

Back to top button