विराटनगर–१३ मा राप्रपाका यादव निर्वाचित

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल यादव निर्वाचित हुनुभएको छ ।

बिहान सम्पन्न वडा– १३ को मतगणनामा यादव ६ सय २८ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । त्रिपक्षिय प्रतिस्पर्धा रहेको वडा– १३ मा यादवले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आमोदकुमार झालाई ५९ मतान्तरले पराजित गर्नु भएको हो । कांग्रेसका झाको ५ सय ६९ मत आँउदा नेकपा एमालेका किशोर पोखरेलले ५ सय ५८ मत प्राप्त गर्नु भएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा वडा– १३ बाट निर्वाचित हुनुभएको तत्कालिन (संघिय समाजवादी फोरम) हाल जनता समाजवादी पार्टीका झरीलाल महतो ३ सय ८८ मत प्राप्त गर्दै चौथो स्थानमा रहनु भएको थियो ।

यादवको जित संगै राप्रपाले विराटनगर महानगरपालिकामा आफ्नो विजयको खाता खोलेको छ । हाल सम्मको मत परिणाम अनुसार विराटनगरमा नेकपा एमालेले वडा –१ , २ र १९ , नेपाली कांग्रेसले वडा – १६ , जनता समाजवादी पार्टीले वडा– १७ , राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा– १३ र स्वतन्त्र उम्मेदवारले वडा–१८ मा जित निकालेका छन् ।

Back to top button