पाँचथरको याङवरक गाउँपालिकामा एमाले विजयी

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ ।

प्राप्त अन्तिम मत परिणाम अनुसार अध्यक्षमा नेकपा एमालेका उम्मेदवार भीमबहादुर योङ्या र उपाध्यक्षमा बाबा मेनेङ्बो निर्वाचित हुनुभएको हो । भीमबहादुरले निकटतम प्रतिष्पर्धि नेपाली कांग्रेसका मबिन्द्र योङ्लाई ८० मतले पराजित गर्नुभयो ।

भीमबहादुरले ४ हजार १ सय १८ मत प्राप्त गर्दा मबिन्द्रले ४ हजार ३८ मत प्राप्त गर्नुभएको छ । बाबाले उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुन बेघालाई ३ सय १९ मतले पराजित गर्नुभएको छ । बावाले ३ हजार ९ सय ९८ मत प्राप्त गर्दा अर्जुनले ३ हजार ६ सय ७९ मत प्राप्त गर्नुभयो ।

Back to top button