धरानको मतगणनास्थलमा सेना परिचालन

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मत गणनास्थल पब्लिक माबिमा नेपाली सेनालाई परिचालन गरिएको छ ।

धरान वडा नम्बर २० को मतगणनाको क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादी केन्द्रका कार्यकर्ता आन्दोलनमा उत्रिएकाले सेना परिचालन गरिएको हो ।

१८ वटा मतपत्रलाई सदर मान्दा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुने देखिएपछि माओवादी कार्यकर्ताहरु आन्दोलित भएका हुन् ।

उनीहरुले मतदान अधिकृतको कमजोरीलाई लिएर जनताले दिएको मत बदर गर्न नहुने बताएका छन् । बदर गर्दा पुनः मतदान हुनुपर्ने माग राखेका छन् । धरान–२० मा २ हजार २१ मत खसेको थियो।

सबै मत गणना गर्दा हस्ताक्षर नभएका १८ मत बदर गरिएको थियो । १८ मत सदर गरिए माओवादीको ११ भोट सदर हुने छ र माओवादी उम्मेदवार विजय हुने भएपछि माओवादी आन्दोलित भएको हो।

निर्वाचन अधिकृतको कार्यालयले बैठक बसि मतदान अधिकृतलाई विभागीय कारवाही गर्ने निर्णय गरेको छ ।

Back to top button