विराटनगर महानगर- १२ को मत गणना स्थगित

विराटनगर । विराटनगर महानगरपालिका को वडा नं १९ को जारी मतगणना स्थगित भएको छ । १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नरहेको र त्यसलाई बदर गरिएपछी नेकपा एमालेका प्रतिनिधिहरूले विरोध गरेका छन् । १३ वटा मतपत्र मध्ये ८ वटा मत पत्रमा नेकपा एमालेलाई मत खसेको एमालेका प्रतिनिधिहरूले जनाएका छन् । यश वडामा ६ हजार १ सय ४९ मत खसेको थियो भने ३ हजार २ सय २४ मत गणना भैसकेको छ ।

Back to top button