विराटनगर -१५ मा कांग्रेसको प्यानल विजयी


विराटनगर । विराटनगर – १५ मा प्यानल सहित कांग्रेसका प्रकाश साह निर्वाचित हुनुभएको छ ।

साहले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रूस्तम अलिलाई ४०६ मतको अन्तरले पराजित गरि निर्वाचित हुनुभएको हो ।

कांग्रेसको साहले १८९७ मत प्राप्त गरिरहँदा जसपाका अलिले १ हजार ४ सय ९१ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, वडा सदस्यमा ईम्तयाज अन्सारी १ हजार ४ सय ९८ मत र मोहन मल्ल ठकुरी १ हजार ३ सय ९१ मत , महिला सदस्यमा विनीता कुमारी रेग्मी १ हजार ६ सय ९८ मत र दलित महिला सदस्यमा अमृता तत्मा १ हजार ६ सय ८४ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।

Back to top button