रामधुनीको मेयर उपमेयर सहित ५ वडामा नेकपा एमाले विजयी

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) दुबै पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्‍मेदवार शंकरलाल चौधरीले १३ हजार ३ सय ७२ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४ सय५ मत ल्याउनु भएको छ ।

नगरपालिकाको उपमेयरमा एमालेकी तारा थापाले १२ हजार २ सय २० मत ल्याएर निर्वाचित हुँदा उहाँकी निकटतम प्रतिष्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४ सय ९३ मत ल्याएर पराजित हुनुभयो ।

यस्तै रामधुनी नगरपालिका ९ वटा वार्ड मध्ये ५ वटामा नेकपा एमालेले जितेको छ भने ३ वटामा नेपाली कांग्रेस र एउटामा एकिकृत समाजवादीले जितेको छ । एमालेले रामधुनीका २, ३,४,७ र ८ जित्दा कांग्रेसले १,५ र ६ जितेको छ । यस्तै एकिकृत समाजवादीले वडा नं. ९ जितेको छ ।

Back to top button