सप्तरीको राजगढ गाउँपालिकाका नव निर्वाचित एक वडा सदस्यको मृत्यु

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ ।

उहाँको सुतेकै अवस्थामा बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो । साहका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार हिजो विजय जुलुसमा सहभागि भएर फर्कनु भएको थियो ।

जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ राजगढ गाउँपालिका–५ को वडा सदस्यमा विजयी हुनुभएको थियो । उहाँले वडा सदस्यमा सर्वाधिक ४ सय ७४ मत ल्याउनुभएको थियो ।

Back to top button