स्थानीय तहमा कांग्रेसका १२ हजार ३ सय ४५ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३ सय ४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ।

यस्तै,पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।

आयोगले वैशाख ३० गते सबै ७ सय ५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो। निर्वाचनमा ३५ हजार २ सय २१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचन भएकामध्ये ६ सय ३८ पालिकाको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ । ती पालिकामा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३ सय ४५ जना उम्मेदवार विजयी बनेका छन्।

आयोगका अनुसार प्रमुखमा १ सय २, अध्यक्षमा १ सय ८०, उपप्रमुखमा ७७, उपाध्यक्षमा १ सय ८०, वडा अध्यक्षमा २ हजार ३ सय ९३, महिला सदस्यमा २ हजार ३ सय ५४, दलित महिला सदस्यमा २ हजार २ सय ९५ र सदस्यमा ४ हजार ७ सय ६४ जना कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्।

Back to top button