आज नेपाल आउँदै अमेरिकी उपमन्त्री अजरा जिया

काठमाडौं । अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया आज नेपाल आउने हुनुभएको छ ।

उहाँसँग अमेरिकी सहयोग नियोग यूएसएआईडीमा एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि आउने हुनुभएको छ।

उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको हुन लागेको उच्चस्तरीय भ्रमण हो । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकी मनाइरहँदा उहाँको नेपाल भ्रमण तय भएको हो ।

उपमन्त्री जिया गतमंगलबार नयाँदिल्ली आउनुभएको थियो। भारत भ्रमण सकेर उहाँ आज नयाँदिल्ली हुँदै काठमाडौं आउन लाग्नुभएको हो । भारतमा रहेको वेला उहाँले गतबुधबार हिमाचल प्रदेशको धर्मशाला पुगेर दलाई लामालाई समेत भेट्नुभएको थियो।

Back to top button