पोखराको मतगणनास्थलमा नक्कली कार्ड बोकेका दुई जना पक्राउ

काठमाडौं । पोखरा महानगरको मतगणना स्थलमा नक्कली कार्ड बोकेका दुई जना प्रतिनिधि पक्राउ परेका छन्।

नक्कली कार्ड बोकेर मतगणनास्थल छिर्दै गर्दा मुख्य प्रवेशद्वारबाटै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

यस्तै, दुईमध्ये एकले जनतमत पार्टीको प्रतिनिधि कार्ड र अर्काले नक्कली परिचयपत्र बनाएका थिए।

पक्राउ परेका दुवैजनालाई वडा प्रहरी कार्यालय, बैदाममा लगी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Back to top button