धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता कायमै

सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो पादैँ अग्रता कायमै राख्नुभएको छ ।

सत्तारुढ दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२ सय ९७ मतान्तरले पछि पार्दै साम्पाङले अग्रता लिइरहनुभएको छ ।

आज दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३ सय ५७ मत गणनाको नतिजा अनुसार उहाँले १२ हजार १५ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार ७ सय १८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ८ हजार ७ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उहाँले १२ हजार ३ सय ७६ मत प्राप्त गर्नुभएको छ भने एमालेका पदम इस्वो लिम्बुले ११ हजार ७ सय ६५ मत प्राप्त गर्नुभएको छ । बेघा ६ सय ११ मतले अगाडि हुनुहुन्छ ।

यस्तै, हाल वडा नं ११, १३ र १४ को मतगणना जारी छ ।

Back to top button