विराटनगर–८ मा फराकिलो अन्तरले एमालेका पोखरेल प्यानलसहित निर्वाचित

विराटनगर । विराटनगर महानगरपालिका वडा– ८ मा नेकपा एमालेका राम पोखरेल प्यानलसहित निर्वाचित हुनुभएको छ। पोखरेल १ हजार ९ सय १० मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

पोखरेलले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तनु रेग्मीलाई ८ सय ६६ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको छ । कांग्रेसका रेग्मीले १ हजार ४४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै पोखरेलको प्यानलबाट महिला सदस्यमा ताराकुमारी राय १ हजार ४ सय ६१ मत र दलित महिला सदस्यमा पवित्रा बिश्वकर्मा १ हजार ६ सय १६ मतका साथ विजयी हुनुभएको छ।

खुला सदस्यमा भुवनेश्वर राजवंशी १ हजार ५ सय १९ र मो. अब्बास मियाँ १ हजार ४ सय १ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ।

Back to top button