विराटनगर महानगरको प्रमुखमा कोइराला र उपप्रमुखमा कार्की विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख(मेयर) मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित हुनुभएको छ ।

उहाँले ३०हजार १ सय ७०मत ल्याएर महानगर प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँले ८ हजार ७ सय १५ मत अन्तरले जित्दा एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४ सय ५५मत ल्याउनुभएको छ ।

यस्तै मेयरमा राप्रपाका प्रल्हादप्रसाद साहले ५ हजार २ सय १६ मत ल्याउनुभएको छ भने स्वतन्त्रबाट उमेश यादवले ८ हजार ९सय ९५ मत ल्याउनुभएको छ ।

उपमेयरमा शिल्पा निराला कार्की फराकिलो मत अन्तरले विजयी हुनुभएको छ । गठबन्धन तर्फका उम्मेदवारलाई पछि पार्दै उहाँ २५ हजार ६ सय ८० मतका साथ निर्वाचित हुनुभएको हो ।

गठबन्धनका उम्मेदवार जसपाका अरमेन्द्र यादवले १४ हजार २ सय१९ मत मात्रै ल्याउनुभयो । राप्रपाकी बिन्दा आचार्य दाहालले भने ६ हजार ४ सय १ मा प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार १ सय १७ मत ल्याउनुभएको छ ।

Back to top button