बुटवल उपमहानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको जित निश्चित

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुख(मेयर)मा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेय र उपप्रमुख (उपमेयर) मा नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ ।

बुटवल–११ को ४५ सय मत गन्न बाँकी रहँदा पाण्डेय र अर्यालको अग्रता त्यो भन्दा बढी रहेको छ । पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि हुनुहुन्छ भने अर्याल गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चीनबहादुर गुरुङभन्दा ६ हजार मतले अगाडि हुनुहुन्छ ।

बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाउनुभएको छ भने भट्टराईको मत २० हजार ८ सय १९ रहेको छ ।

Back to top button