विराटनगर महानगरको मतपरिणाम सम्मानजनक : विनोद ढकाल

विराटनगर । नेकपा एमालेका केन्द्रिय सदस्य तथा विराटनगर महानगर निर्वाचन परिचालन कमिटीका संयोजक विनोद ढकालले स्थानीय तहको निर्वाचन २०७९ को मत परिणाम पार्टीका लागि सकारात्मक रहेको बताउनुभएको छ ।

गठबन्धनका विरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमालेले निकालेको परिणाम र एमालेका लागि आएको मतलाई विश्लेषण गर्दा परिणाम सकारात्मक रहेको बताउनुभयो ।

‘महानगरको प्रमुख पद जित्न सकिएन, यद्यपी गठबन्धनका उम्मेदवारले पाएको मत भन्दा एमालेले एक्लै पाएको मत सम्मानजनक छ,‘ढकालले भन्नुभयो,‘हामीले उपमेयरसहित ९ वटा वार्डमा नेतृत्व स्थापित गर्न सक्यौं ।’

अघिल्लो स्थानीय तहको निर्वाचनको मत परिणामसँग तुलना गर्दै अहिलेको मतपरिणाम सम्मानजनक रहेको बताउनुभयो । नेकपा एमालेका विराटनगर महानगरमा उपमेयर सहित १, २, ३, ४, ८, १०, ११, १४ र १९ मा वडाअध्यक्षसहितका उम्मेदवारले निर्वाचन जितेका छन् ।

Back to top button