विराटनगरका नवनिर्वाचित मेयर कोइरालालाई सागर थापाद्धारा बधाई ज्ञापन

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको प्रमुख (मेयर)को उम्मेदवार सागर थापाले नव निर्वाचित प्रमुख (मेयर) नागेश कोइरालालाई उहाँको घरमा पुगेर बधाई ज्ञापन गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका उम्मेदवार कोइरालालाई बधाई दिँदै थापाले कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

उहाँले माला लगाईदिँदै ५ वर्षसम्म महानगरको विकास र जनताको पक्षमा सधैं प्रतिष्पर्धात्मक साथ दिने भन्दै सोहि अनुसार नयाँ नेतृत्व अघि बढ्न सकोस् भन्ने शुभेच्छा ब्यक्त गर्नुभयो । कोइरालाले भने विराटनगरको विकासमा सधै सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

विराटनगर महानगरको सम्पन्न मत परिणाम अनुसार कोइराला ३०हजार १ सय ७०मत ल्याएर महानगर प्रमुखमा निर्वाचित हुनुभएको हो भने सागर थापाले २१ हजार ४ सय ५५मत ल्याउनुभएको छ ।

Back to top button