प्रधानमन्त्री मोदीले भारतलाई बोल्न नपाउने देश बनाएका छन् : राहुल गान्धी

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाएका छन्।

हिजो लण्डनमा आयोजित एक सम्मेलनमा उहाँले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको बताउनुभयो।

‘भारत बोल्न नपाउने देश बन्न सक्दैन, स्वतन्त्र रूपमा बोल्न पाउनुपर्छ। प्रधानमन्त्रीमा ‘म सुन्न चाहन्छु,’ भन्ने मनोवृत्ति हुनुपर्छ,’ प्रधानमन्त्री मोदीले, भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम् सेवक सङ्घ (आरएसएस) लाई आक्रमणको निशाना बनाउँदै गरेको उहाँको भनाई छ ।

अवसरहरूमा सबैको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उहाँले कर्मअनुसार सबैको समान पहुँच हुनुपर्छ भन्ने आफ्नो मान्यता भएको स्पष्ट गर्दै दलित होस् वा ब्राह्मण समान व्यवहार र अवसर उसले पाउनुपर्ने ५१ वर्षीय नेता गान्धीले थप्नुभयो।

यस्तै,भारतीय लोकतन्त्र विश्वकै लागि महत्त्वपूर्ण रहेको र त्यो विश्वव्यापी जनहितका निम्ति भएको बताउँदै उहाँले लोकतन्त्रलाई व्यवस्थित गर्न नसके त्यसले समस्या निम्त्याउने तर्क गर्नुभयो। यो यथार्थलाई संयुक्त राज्य अमेरिकाले महसुस गरिरहेको पनि नेता गान्धीले उल्लेख गर्नुभयो।

Back to top button