काठमाडौं अपडेट: ५१ प्रतिशत मत गन्न बाँकी, बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहनुभएको छ ।

लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका शाहले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसक्नुभएको छ ।

महानगरमा कुल १ लाख ८९ हजार ४ सय २० मत खसेको थियो। शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ।

यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ। अझै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ।

यस्तै, ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ। जसमध्ये १० र ११ नम्बर वडा कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ।

Back to top button