धनगढी उपमहानगरबाट मेयरका स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकामा जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले हालसम्म अग्रता कायमै राख्नुभएको छ ।

हमालले नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग ११ हजार ९ सय ९७ को मत अन्तर राख्नुभएको छ । हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनतर्फका उमेदवार कांग्रेसका वडले ११ हजार ५ सय ४४ मत ल्याउनुभएको छ ।

धनगढीमा अब साढे १२ हजार मत गन्न बाँकी रहेको छ । यो मत परिणाम ५१ हजार ६५ मत गन्दाको हो।

Back to top button