काठमाडौंमा बालेनको अग्रता कायमै, सिर्जना दोस्रो स्थानमा स्थापित तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राख्नुभएको छ । एक लाख १० हजार ५ सय ३३ मतगणना गर्दा बालेनले ३९ हजार ५ सय १५ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ।

यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २२ हजार २ सय ७० मत ल्याएर दोस्रो स्थानमा पुग्नुभएको छ भने नेकपा एमालेका केशव स्थापित २१ हजार ७ सय ७५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । मतगणना राष्ट्रिय सभागृहमा जारी छ।

Back to top button