बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपौयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ३ सय रुपौयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७ सय रुपौयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपौयाँ छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सय रुपौयाँ थियो।

Back to top button