एमालेले जित्यो १ सय ९० पालिका

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १ सय ९० वटाको प्रमुखमा विजयी भएको छ।

मतगणना सम्पन्न भएका ७ सय ३ पालिकामध्ये १ सय ९० वटाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको हो। निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७ सय ५३ वटा पालिकामा निर्वाचन गरेको थियो।

अब ५० पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ।

नेपाली कांग्रेसपछि एमालेले पालिकाको सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद जितेको छ। कांग्रेसले हालसम्म ३ सय ११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ, जुन एमालेको भन्दा १ सय २१ ले बढी हो।

यस्तै, आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।

Back to top button