बागलुङमा पलम र ऐसेलु खाँदा पाँच बालबालिका बिरामी

बागलुङ । बागलुङमा पलम र ऐसेलु खाँदा पाँच बालबालिका बिरामी भएका छन्। जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर–५ बिहुँका घर नजिकैको बारीमा पाकेको पलम र ऐसेलु खाँदा बालबालिका बिरामी भएका हुन्।

ऐसेलु र पलम खाँदा विरामी परेका १० वर्षीया विपना सुनार, ११ वर्षीय विनोद विक, ३ वर्षीया सायना सुनार र १४ वर्षका मिलन सुनारको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

ति पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरी अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ। ऐसेलु र पलम खाएका बालबालिकामा झाडापखाला, वान्ता लगायतका समस्या देखिएको छ।

उनीहरूले खाएको पलम र ऐसेलुले फुड पोइजन बनाएका कारण विरामी परेको र उनीहरूको अवस्था अहिले सुधारोन्मुख रहेको धौलागिरी अस्पतालका बालरोग विशेषज्ञ डा. कृति कँडेलले जानकारी दिनुभयो।

Back to top button