स्वतन्त्रबाट अध्यक्ष पदमा निर्वाचित शाहीद्वारा सपथग्रहण

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका अध्यक्ष पदका प्रत्यासी प्यारीलाल शाहीले आज सपथ लिनुभएको छ ।

अध्यक्ष शाहीलाई मुख्य निर्वाचन अधिकृत एव जिल्ला न्यायधिस जगतबहादुर पौडेलले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत पौडेलले चङ्खेली गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित शाहीलाई सपथ खुवाउने कार्य सम्पन्न भएको बताउनुभयो।

उहाँ सदरमुकाम सिमकोटमा ढिलो आई भएको कारण सो कार्य ढिलो भएको हो। यसअघि छ वटा गाउँपालिकामा निर्वाचित अध्यक्षहरुलाई सपथ खुवाउने कार्य भई सकेको छ।

उहाँ गाउँपालिकाबाट हिजो हेलिकोप्टरमा सिमकोट आउनुभएको हो । उहाँले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गोबिन्द शाहीलाई पराजित गर्दै स्वतन्त्रबाट निर्वाचित हुनुभएको हो ।

उहाँ एक हजार ६ सय ९५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेस निकट हो । पार्टीले टिकट नदिएपछि उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित हुनुभएको हो । उहाँलाई नेकपा एमाले र नेकपा एकिकृत समाजवादीको पनि सर्मथन रहेको थियो।

०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उहाँ नेपाली कांग्रेसकोतर्फबाट अध्यक्ष पदमा प्रत्यासी हुनुभएको थियो।

यस्तै, सपथ ग्रहण कार्यक्रममा संबिधान सभाका सदस्य रीता शाही, सुररक्षा निकाय प्रमुख, नाम्खा, खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृत लगाएको उपस्थिती रहेको थियो।

Back to top button