विद्युत सर्ट भई आगलागि हुँदा चितवनमा एक महिलाको मृत्यु, अर्का एक घाइते

चितवन । विद्युत सर्ट भई आगलागि हुँदा शिखर ईन्स्युरेन्सकी एक कर्मचारीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

आज दिउँसो चितवनको भरतपुर महानगरपालिका– १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको हो ।

आगलागिमा परि भरतपुर– १० घर भई सोहि कार्यलयमा कार्यरत ३६ वर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो। यस्तै अर्का कर्मचारी भरतपुर–७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते हुनुभएको प्रहरीले जनाएको छ। उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीकाअनुसार दिउँसो सवा १ बजेतिर कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा घटना भएको हो। प्रहरीकाअनुसार बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको थियो।

आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

Back to top button