हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुने बताउनुभएको छ।

कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै अध्यक्ष ओलीले नेपालीहरू जातैले कवि रहेको बताउनु हुँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन् । हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए हुन्छ । उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथेस काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’

Back to top button