सप्तरीको रुपनि गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा लोसपा विजयी

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा लोसपाका दिनेशकुमार यादवले निवर्तमान अध्यक्ष जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवलाई ३ सय ३४ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको छ ।

निर्वाचित अध्यक्ष दिनेशले ४ हजार २ सय ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष हरेरामले ३ हजार ९ सय ३५ मत ल्याउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि लोसपाकै पुष्पा श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले निवर्तमान उपाध्यक्षसमेत रहनुभएकी जसपाकी बेचनीदेवी सरदारलाई ५६ मतको अन्तरले पराजित गर्नुभएको हो ।

निर्वाचित उपाध्यक्ष श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्दा निकट प्रतिस्पर्धी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

Back to top button