हालसम्म ३ सय २० पालिकामा कांग्रेसको जित

काठमाडौं । नेपाली कांग्रेसले हालसम्म ३ सय २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ।

देशका ७ सय २९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३ सय २० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन्।

निर्वाचन आयोगले गत वैशाख–३० गते एकसाथ देशका सबै ७ सय ५३ वटै पालिकामा निर्वाचन गरेको थियो। आयोगका अनुसार अहिले २४ वटा पालिकाको मतगणना भइरहेको छ।

यस्तै, मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ।

Back to top button