हालसम्म १ सय २० पालिकामा माओवादीको जित

काठमाडौं । नेकपा माओवादी केन्द्रले हालसम्म १ सय २० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ।

मतगणना सम्पन्न भएको ७ सय २९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन्।

निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ। मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ।

यस्तै, आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो।

Back to top button