रौतहटको वृन्दावन नगरमा समाजवादी विजयी

रौतहट । जिल्लाको वृन्दावन नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोदप्रसाद पटेल विजयी हुनुभएको छ ।बृन्दावन नगरपालिका–६ हर्षाहा घर हुनुभएका पटेल एकीकृत समाजवादी पार्टीको तर्फबाट मेयरको रुपमा निर्वाचित हुनुभएको हो ।

उहाँले कुल ६ हजार १ सय १२ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवले १ हजार ४ सय ३४ मत ल्याएर पराजित हुनुभएको हो । पटेलले ६ हजार १ सय १२ मत प्राप्त गर्दा यादवले ४ हजार ६ सय ७८ मत ल्याउनुभएको हो ।

यसैगरी, उपमेयरमा पनि एकीकृत समाजवादी पार्टीकी संगीता देवी राम निर्वाचित हुनुभएको छ । राम कुल ५ हजार ८ सय २५ मत प्राप्त गर्दै बृन्दावनको उपमेयरमा निर्वाचित हुनुभएको हो ।

उपमेयरमा निर्वाचित रामले ५ हजार ८ सय २५ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सैवुन खातुनले ५ हजार ९ मत प्राप्त गर्नुभएको छ ।

Back to top button