तनहुँमा २६ वर्षीया महिला बलात्कृत

काठमाडौं । तनहुँमा २६ वर्षीया महिला बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१० मान्द्रे बस्ने ३२ वर्षीय जीवन विक भन्ने जुठे विकलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका–१० छाब्दीस्थित जंगलको झाडीमा जेठ १ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले विकलाई पक्राउ गरेको हो।

यस्तै, घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Back to top button