बालेन साह र प्रतिष्पर्धीबीच १९ हजारको अन्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको पछिल्लो मतगणना नतिजाअनुसार स्वतन्त्र उमेदवार बालेन साहले ४६ हजार ४ सय ७६ मत ल्याउनुभएको छ । १ लाख ३५ हजार ६ सय ९३ मतगणनाका क्रममा साहले यति मत ल्याउनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ७ सय ९९ मत ल्याउनुभएको छ ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले २६ हजार ८ सय ६१ मत ल्याउनुभएको छ । अब काठमाडौंको ५५ हजार ४ सय ९३ मत गणना गर्न बाँकी छ।

Back to top button