देशभर १ सय ३३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा कोभिड–१९ का १० जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७ सय ६८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्।

आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ३० जना सक्रिय संक्रमित रहेका छन्।

हालसम्म देशको ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

Back to top button