बाराको पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

वीरगन्ज । बाराको पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्।

आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरपालिकाको प्रमुख एमालेका जलन्धर सिंह ४ हजार ७ सय ३२ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नगरपालिकाका निवर्तमान प्रमुख जनता समाजवादी पार्टीका रमेशकुमार यादवले ४ हजार ४ सय ६१ मत प्राप्त गर्नुभएको छ । उप प्रमुखमा एमालेकै नसिमा खातुन ४ हजार ५ सय ३८ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीकी सगुफा खातुनले ४ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।

यस्तै, ०७४ सालको स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाको प्रमुख र उपप्रमुखमा जसपा विजयी भएको थियो।

Back to top button