नीति तथा कार्यक्रममा व्यापारिक पूर्वाधार निर्माण प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी नीति तथा कार्यक्रममा व्यापारिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

आज संघीय संसदमा सरकारको आगामी नीति तथा कायक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवा सेज विस्तार गरिने, भैरहवा र नेपालगञ्जको आईसीपी निर्माणलाई प्राथमिकता दिनेलगायतका कार्यक्रम समावेश रहेको उल्लेख गर्नुभयो ।

यस्तै अन्तदेशीय व्यापार सडक पूर्वाधार विकास जस्ता कार्य पनि नीति तथा कार्यक्रममा समेटीएको छ ।

Back to top button