कटारीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । कटारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेशचन्द्र श्रेष्ठ विजयी हुनुभएको छ ।

आज विहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार विजयी श्रेष्ठले ६ हजार ४ सय १७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने एमालेकी गिता खड्का विजयी हुनुभएको छ । उहाँले ६ हजार ४ सय १३ मत प्राप्त गर्दा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८ सय २१ मत ल्यानुभएको छ ।

Back to top button