आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने हुनुभएको छ ।

आज सुरूवाती चरणमा नै आलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका बिषयमा बोल्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ।

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै बिरोध गर्दै आएको छ।

सरकारले जेठ १५ गते आगामी वर्षको लागि बजेट ल्याउँदैछ। बजेटका ल्याउनका लागि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

यसलाई छलफल गरेर सांसदले राखेका प्रस्तावलाई संशोधन गरी बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।

Back to top button