अफगानिस्तामा मिनिबस र मस्जिदमा भएका बम बिष्पोटमा परि कम्तिमा १२ जनाको मृत्यु

अफगानिस्तानमा एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार–ए–शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यी विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।

यस्तै काबुलको एक मस्जिदभित्र बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए । इस्लामिक स्टेटले मजार–ए–शरीफमा भएको विस्फोटको जिम्मेवारी लिएको छ ।

काबुलको आकस्मिक अस्पतालले मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको जनाएको छ ।

Back to top button