स्थानीय तह निर्वाचन धाँधलीरहित हुन सकेनः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाउनुभएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको भन्दै यतिका दिनसम्म परिणाम किन आउन नसकेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन, धाँदलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

 

 

Back to top button