सरकारले हप्तामा २ पटक मूल्यवृद्धि गरेर जनतालाई धोका दिएको छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय बढेको मूल्यवृद्धिलाई लिएर सरकारको आलोचना गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उहाँले सरकारको चर्को आलोचना गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०–१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ। जनतालाई धोका दिएर एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिएको छ।’

पेट्रेलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गर्नुको कारण खोजेका छन्। निजी क्षेत्रलाई कारोबारको जिम्मा दिएर आयाल निगमलाई ध्वस्त बनाउने खेलमा सरकार लागेको उहाँले आरोप लगाउनुभयो।

‘३० गते भोट नमागुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हानिदिने जनतालाई? अध्यक्ष ओलीले सरकारमाथि प्रश्न गर्नुभयो।

Back to top button