विराटनगरमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका– ४ निवासी तेजेन्द्र कर्णलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ।

विराटनगरमा रहेको सिर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कूलका शिक्षक कर्णलाई सोही स्कूलमा अध्यनरत ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पिडित बालिकाले कर्णले आफुलाई महिनौदेखि होमवर्क नगरेकोलगायत बाहना बनाएर संवेदनशील अंगमा छुने, चिमोट्ने गरेको परिवारलाई बताउनुभएको छ ।

आफुले त्यसो नगर्न आग्रह गर्दा समेत शिक्षकले वेवास्ता गर्ने गरेको परिवारमा बताएपछि बालिकाकी पिडित आमाले जिल्ला प्रहरी कार्यलय मोरङमा उजुरी दिनु भएको थियो ।

उक्त उजुरीको आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो।

हिजो पक्राउ परेका कर्णलाई थप अनुसन्धान गर्न म्याद थपको लागि अदालतमा पेस गर्ने तयारी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Back to top button