महिलाहरु आत्मनिर्भर वन्नु पर्नेमा जोड

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको नव निर्वाचित उपप्रमुख देवीमाया काफ्लेले नगरमा रहेका महिलाहरु उद्यमी बनेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनु भएको छ ।

उहाँले आज वडा नम्बर– १ स्थित समुन्नत महिला सहकारीको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले महिलाहरुका लागि आयोजना गरेको झोला निर्माण सम्बन्धी १ महिने तालिमको समापनमा उहाँले यस्तो जोड दिनु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले नगरले पनि महिलाहरुको आत्मनिर्भरताका लागि सीपमूलक तालिम प्रदान गर्दै आएको र त्यसलाई थप प्रभावकारी रुपमा निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा, १ नम्बर वडाध्यक्ष भीमकुमार राईले पनि महिला तथा युवाहरुको आत्मनिर्भरताका कार्यक्रममा जोडदिने बताउनु भयो । समुन्नत सहकारीकी अध्यक्ष तारा निरौला, लेखा संयोजक राधिका गौतम, घरेलु तथा साना उद्योग कार्यालयका जिल्ला प्रमुख पाक्रम खाँ, तालिमको प्रमुख प्रशिक्षक कल्पना राईसहितले मन्तव्य व्यक्त गर्नुभयो ।

Back to top button