विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ )निष्कासन गर्ने भएको छ।

कम्पनीले जेठ २० गतेदेखि १५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० का दरले निष्कासन हुन लागेको शेयर मध्ये ६० हजार कित्ता कर्मचारीका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि बाँकी रहने १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।

Back to top button